रुङ २०७९ को निर्वाचनमा माओवादी केन्द्र र कांग्रेसबीच चुनावी गठबन्धन हुँदा नेकपा (एमाले) का पृथ्वीसुब्बा गुरुङसँग पराजित भएका थिए ।
What you should know
लमजुङ — नेपाली कम्युनिस्ट पार्टी (नेकपा) लमजुङले फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ १३ जना र समानुपातिकतर्फ १४ जनाको नाम सिफारिस गरेको छ ।
लमजुङमा प्रतिनिधिसभाको एउटामात्र निर्वाचन क्षेत्र रहेकाले प्रत्यक्षतर्फ माओवादी केन्द्र रहँदाका महासचिव तथा पूर्वसांसद देवप्रसाद गुरुङसहित १३ जनालाई सिफारिस गरिएको छ । गुरुङ २०७९ को निर्वाचनमा माओवादी केन्द्र र कांग्रेसबीच चुनावी गठबन्धन हुँदा नेकपा (एमाले) का पृथ्वीसुब्बा गुरुङसँग पराजित भएका थिए ।
प्रत्यक्षतर्फ पारसमणि पौडेल, देवेन्द्र पराजुली, इजन बराल, ऋषि कट्टेल, मधु अधिकारी गुरुङ, उर्मिला माझी पौडेल, मेखबहादुर भण्डारी, हरिजंग तामाङ, चन्द्रकान्त न्यौपाने, लिलिजङ गुरुङ र यमबहादुर गुरुङको नाम पनि सिफारिस गरिएको छ ।
समानुपातिकतर्फ दयासागर घिमिरे, कृष्णबहादुर सुनार, सरस्वती भट्टराई, नन्दबहादुर कुमाल, मुरारी भुजेल, हिमकुमारी सुनार, इन्दिरा पोख्रेल, सुनिल सुनार, वासुदेव मिश्र, यशोदा न्यौपाने, होमराज तामाङ, अजय तामाङ, देवबहादुर दुरा र मात्रिकाप्रसाद खनाल सिफारिस गरिएको केन्द्रीय सदस्य परासमणि पौडेलले जानकारी दिए ।
केही दिनअघि बसेको पार्टीको पूर्ण बैठकले प्रत्यक्ष र समानुपातिक दुवैतर्फका नाम सर्वसम्मत रूपमा सिफारिस गरेको माओवादी केन्द्र रहँदाका जिल्ला संयोजक सुनिल सुनारले जानकारी दिए । पार्टी सर्कुलरअनुसार फौजदारी अभियोग नलागेका, एउटै परिवारबाट एकभन्दा बढी व्यक्ति नपर्ने, राजस्व नतिरेका वा कालोसूचीमा परेका व्यक्ति अयोग्य हुनेलगायत मापदण्ड तय गरिएको थियो ।
साथै प्रत्येक निर्वाचन क्षेत्रबाट कम्तीमा एक जना जेन–जी पुस्ताका उम्मेदवार सिफारिस गर्नुपर्ने र महिलाको अनिवार्य सहभागिता सुनिश्चित गर्न निर्देशन दिइएको थियो ।
आकांक्षीको संख्या धेरै भएकाले दाबी गरेका नेताहरुको नाम केन्द्रमा पठाइएको सुनारले बताए । बैठकमा सहभागी नेताहरुका अनुसार उम्मेदवार मिलाउने जिम्मा जिल्लाबाट केन्द्रीय सदस्यमा प्रतिनिधित्व गर्ने नेतृत्वलाई दिइएको छ ।
