बल प्रयोग गरेर दाउन्नेका ११ वटा घरटहरा भत्काइए

डिभिजन वन कार्यालयले मंगलबार प्रहरी र सशस्त्र खटाएर वन क्षेत्रमा होटल व्यवसायका लागि बनाइएका ११ वटा घरटहरा भत्काएको हो ।

पुस ८, २०८२

नारायण शर्मा

11 houses in Daunne demolished by force

नवलपरासी — महेन्द्र राजमार्गको दाउन्ने पहाडमा सार्वजनिक जग्गामा निर्माण गरिएका ११ वटा घरटहरा बल प्रयोग गरेर हटाइएको छ ।

डिभिजन वन कार्यालयले मंगलबार प्रहरी र सशस्त्र खटाएर वन क्षेत्रमा होटल व्यवसायका लागि बनाइएका ११ वटा घरटहरा भत्काएको हो ।

दुम्कीबास र बर्दघाटको बीचमा रहेको दाउन्ने पहाडमा महेन्द्र राजमार्ग छेउमा निर्माण भएका घरटहरा हटाएको हो ।

कठ्यांग्रिदो चिसोमा वर्षौदेखि व्यवसाय गर्दै आएकाे घरटहरा भत्काएको भन्दै स्थानीयले बिरोध गरेका छन् । स्थानीय व्यवसायीले त्यहाँ ४७ वर्षदेखि घरटहरा निर्माण गरेर होटल व्यवसाय गर्दै आएकाे भन्दै बिरोधमा उत्रिएका छन् ।

अतिक्रमण गर्ने क्रम बढ्दै गएका कारण वनकाे जग्गामा बनाइएका घरटहरा भत्काइएको डिभिजन वन कार्यालयले जनाएको छ ।  

नारायण शर्मा कान्तिपुरका नवलपरासी संवाददाता हुन् । उनले राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully