विद्यालयका २५ जना विद्यार्थीलाई प्रतिविद्यार्थी ५ हजार बराबरका झोला, जुत्ता, मोजा, विद्यालय पोसाक, कापी, कलम, क्याल्कुलेटर तथा ज्यामिति बक्स लगायतका सामग्री सहयोग गरेको हो ।
गोरखा — गोरखा नगरपालिका–९ स्थित लक्ष्मीबजारमा रहेको महालक्ष्मी माध्यमिक विद्यालयका विद्यार्थीलाई नेपाल इन्भेस्टमेन्ट मेघा बैंक लिमिटेडले १ लाख २५ हजार बराबरको शैक्षिक सामग्री सहयोग गरेको छ ।
विद्यालयका २५ जना विद्यार्थीलाई प्रतिविद्यार्थी ५ हजार बराबरका झोला, जुत्ता, मोजा, विद्यालय पोसाक, कापी, कलम, क्याल्कुलेटर तथा ज्यामिति बक्स लगायतका सामग्री सहयोग गरेको हो ।
कक्षा १ देखि ९ सम्मका गरिब, असहाय तथा जेहेन्दार विद्यार्थीहरूको शैक्षिक तथा आर्थिक अवस्था सुदृढीकरण गर्ने उद्देश्यले बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सहयोग गरेको बैंकको गोरखा शाखाका प्रबन्धक मिलन बस्नेतले बताए ।
सहयोगले आर्थिक रूपमा कमजोर विद्यार्थीलाई शिक्षाप्रति आत्मविश्वास, उत्साह र निरन्तरतामा अभिवृद्धि हुनुका साथै शैक्षिक यात्रामा सकारात्मक प्रभाव पार्ने विद्यालयले जनाएको छ ।