आगोमा जलेर एक जनाको मृत्यु

खाना पकाउने क्रममा दाउराबाट अचानक लुगामा आगो सल्किँदा ७८ वर्षीया पुतली दर्जी घाइते भएकी थिइन् । उपचारका क्रममा उनको मृत्यु भएको हो ।

पुस ६, २०८२

आश गुरुङ

One person died in a fire

लमजुङ — लमजुङको सुन्दरबजार नगरपालिका–८ बलिथुममा आगोमा परेर घाइते भएकी एक वृद्धाको उपचारका क्रममा मृत्यु भएको छ । खाना पकाउने क्रममा दाउराबाट अचानक लुगामा आगो सल्किँदा ७८ वर्षीया पुतली दर्जी घाइते भएकी थिइन् । 

प्रहरीका अनुसार घटनामा मंसिर २४ को आगलागीमा परेका उनको घुँडादेखि कम्मरसम्मको भाग र दुवै हात जलेको थियो । प्रारम्भिक उपचारपछि घर फर्काइएकी उनलाई अवस्था गम्भीर बन्दै गएपछि शनिबार बेलुकी सदरमुकाम बेंसीसहरस्थित प्रदेश अस्पताल लमजुङ लगिएको थियो ।

अस्पतालमा उपचारकै क्रममा आइतबार बिहान चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी प्रहरी निरीक्षक अभिषेक पाण्डेले जानकारी दिए ।

आश गुरूङ कान्तिपुरका लमजुङ संवाददाता हुन् ।

Link copied successfully