हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

प्रहरीले घटनामा संलग्न रहेको अभियोगमा मृतकका नाति २२ वर्षीय आशिष परियारलाई शुक्रबार पोखरा–१० बुद्धचोकबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए ।

पुस ४, २०८२

रासस

Grandson arrested for murdering grandmother

कास्की — पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ गरेको छ । पोखरा महानगरपालिका–३१ बाँसपानीकी ७५ वर्षीया दालकुमारी परियारको यही पुस ३ गते धारिलो हतियार प्रयार गरी हत्या भएको थियो ।

प्रहरीले घटनामा संलग्न रहेको अभियोगमा मृतकका नाति २२ वर्षीय आशिष परियारलाई शुक्रबार पोखरा–१० बुद्धचोकबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए । 

वृद्धाको हत्यापछि कानमा लगाएको लुटिएको गरगहनासमेत बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका आशिषको साथबाट सुनजस्तो देखिने पहेँलो रङको कानमा लगाउने दुई थान रिङ, तौल ७२ लालको साना मुन्द्राहरु चार थान र घटनामा प्रयोग भएको बञ्चरो र चक्कु बरामद गरिएको हो ।

हत्या आरोपी आशिषलाई कास्की जिल्ला अदालतबाट कर्तव्य ज्यान सम्बन्धी मुद्दामा सात दिन म्याद थप गरी थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रनाउ बस्नेतले बताए । 

रासस

Link copied successfully