सिरानचोक–७ साठीमुरेस्थित लाङ्दी खोलामा माछा मार्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको हो ।
गोरखा — सिरानचोक–७ साठीमुरेस्थित लाङ्दी खोलामा माछा मार्ने क्रममा डुबेर ३२ वर्षीय दलबहादुर बरामको मृत्यु भएको छ ।
बुधबार माछा मार्न गएका बराम मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक राजन लम्सालले बताए ।
बारपाक सुलिकोट–५ आरुखर्क घर भई सिरानचोक–७ अर्कुलमा डेरा गरेर बस्ने बराम दिउँसो करिब दुई बजे माछा मार्न खोलामा गएका थिए । खोलामा डुबेर मृत अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
