मणिपाललाई पोखराको उत्कृष्ट करदाता सम्मान

पोखरा महानगरले आफ्नो ६७ औं स्थापना दिवसका अवसरमा बुधबार मणिपाललाई सम्मान गरेको हो ।

पुस २, २०८२

कान्तिपुर संवाददाता

Manipal awarded Pokhara's best taxpayer award

पोखरा — पोखराको मणिपाल शिक्षण अस्पताललाई पोखरा महानगरपालिकाले उत्कृष्ट करदाताका रूपमा सम्मान गरेको छ ।

महानगरले आफ्नो ६७ औं स्थापना दिवसका अवसरमा बुधबार पोखरामा मणिपाललाई सम्मान गरेको हो ।

मणिपालले आर्थिक वर्ष ०८१/०८२ मा ३६ लाख १४ हजार १५ रुपैयाँ कर तिरेर सर्वाधिक कर तिर्ने व्यवसाय बनेको छ । स्थापना दिवस मूल समारोहमा मणिपालका तर्फबाट निर्देशक नारायण पौडेललाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र पोखरा महानगर प्रमुख धनराज आचार्यले सम्मान गरे ।

मणिपालपछि पोखरा ग्रान्ड प्रालिले २१ लाख ८४ हजार १ सय ८६ रुपैयाँ, महेशबहादुर भट्टराईले ११ लाख १४ हजार १ सय २६ रुपैयाँ, कर्मचारी सञ्चय कोषले १० लाख ९३ हजार ८ सय ७० रुपैयाँ, गण्डकी मेडिकल कलेजले १० लाख ३८ हजार ६ सय ११ रुपैयाँ र होटल सांग्रिला भिलेजले ६ लाख ७ हजार ५ सय ३५ रुपैयाँ कर तिरेका छन् । उनीहरूले मालपोत, सम्पत्ति र व्यवसाय कर बापत उक्त रकम महानगरलाई तिरेका हुन् । स्थापना दिवसकै अवसरमा नियमित कर तिर्ने करदाता पनि सम्मानित भएका छन् । 

कान्तिपुर

Link copied successfully