पर्यटन तथा उद्योग र सामाजिक विकास कार्यालय मर्ज गरी एकीकृत सेवा कार्यालय स्थापना

गण्डकी प्रदेश सरकारको निर्णयअनुसार गोरखामा उद्योग, पर्यटन तथा सामाजिक विकाससँग सम्बन्धित दुई कार्यालय मर्ज गरी एकीकृत सेवा कार्यालय सञ्चालनमा आएको छ ।

पुस २, २०८२

हरिराम उप्रेती

Establishing an integrated service office by merging the Tourism and Industry and Social Development Offices

गोरखा — गण्डकी प्रदेशअन्तर्गतको साबिकको पर्यटन तथा उद्योग कार्यालय र सामाजिक विकास कार्यालय गोरखा मर्ज गरिएको छ । दुवै कार्यालय मर्ज गरी एकीकृत सेवा कार्यालय कायम गरेर सेवा सञ्चालन थालिएको हो ।

गण्डकी प्रदेश सरकार मन्त्रिपरिषद्को भदौ १५ गतेको निर्णयअनुसार दुई कार्यालय मर्ज गरी एकीकृत सेवा कार्यालय कायम गरेर सेवा प्रवाह थालिएको कार्यालय प्रमुख दशरथ शर्माले बताए ।

प्रदेशको उद्योग तथा पर्यटन मन्त्रालय र सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत एकीकृत सेवा कार्यालय गोरखाको संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदन २०८२ बमोजिम कार्यालय मर्ज भएको उनले जानकारी दिए ।

‘साबिकको पर्यटन तथा उद्योग कार्यालयबाट एकीकृत रूपमा सेवा सञ्चालन थालेका छौँ । दुवै कार्यालयले दिँदै आएका सेवा अब यहीँबाट प्रवाह हुन्छ,’ उनले भने ।

हरिराम उप्रेती उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।

Link copied successfully