एकै स्थानमा ८ वटा मृग मृत भेटिए

पूर्वी नवलपरासीको देवचुली नगरपालिका-१३ मा रहेको सामुदायिक वनमा मृग मरेको अवस्थामा फेला परेका हुन् ।

मंसिर २०, २०८२

नवीन पौडेल

8 deer found dead at one location

नवलपुर — मातृभूमि मध्यवर्ती सामुदायिक वनमा ८ वटा मृग मरेको अवस्थामा फेला परेका छन् ।

पूर्वी नवलपरासीको देवचुली नगरपालिका-१३ मा रहेको सामुदायिक वनमा शुक्रबार मृग मरेको अवस्थामा फेला परेपछि स्थानीयले निकुञ्ज र वन कार्यालयमा खबर गरेका थिए । 

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापाका अनुसार एकैपटक एकै स्थानमा ८ वटा मृग मरेको अवस्थामा फेला परेका हुन् । ‘मृग मर्नुको कारणबारे तथ्य पत्ता लगाउन पोष्टमार्टम रिपोर्ट आउनुपर्छ,’ उनले भने, ‘विषालु घाँस खाएर हो वा मानिसले सिकार गर्ने उद्देश्यले विष हालेको हो भन्नेबारे अहिले नै यकिन भन्न सकिँदैन । यो गम्भीर विषय भएकाले आवश्यक अनुसन्धान सुरु भएको छ ।’

पोष्टमार्टमका लागि नमुना सङ्कलन गरिएको छ । वन नजिकै बस्ती भएकाले त्यहाँ खानेकुराको खोजीमा जाँदा तोरीमा राखिने विषादी खाएर मृग मरेको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ । 

नवीन पौडल कान्तिपुरका नवलपरासी संवाददाता हुन् ।

Link copied successfully