प्रहरीका अनुसार बुधबार दिउँसो साढे चार बजेतिर नियमित गस्तीका क्रममा दुवै ट्र्याक्टर नियन्त्रणमा लिइएको हो ।
स्याङ्जा — फेदिखोला गाउँपालिकामा नदीजन्य पदार्थको अवैध उत्खनन तथा ओसारपसारमा प्रयोग गरिएका दुई वटा ट्र्याक्टर जिल्ला प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार बुधबार दिउँसो साढे चार बजेतिर नियमित गस्तीका क्रममा दुवै ट्र्याक्टर नियन्त्रणमा लिइएको हो । ग.१.त ७१३३ र ग.१.त ५४१८ नम्बरका ट्र्याक्टर सेतीखोला र भोटखोला जोड्ने सीमाक्षेत्रबाट ढुंगा–गिट्टी उत्खनन गर्ने क्रममा नियन्त्रणमा लिएका जिल्ला प्रहरी प्रमुख दधिराम न्यौपानेले जानकारी दिए ।
अवैध रूपमा नदीको स्रोत दोहन भइरहेको भन्ने सूचनाका आधारमा टोली खटिएको थियो ।
नियन्त्रणमा लिइएका ट्र्याक्टर र व्यक्तिलाई आवश्यक अनुसन्धान र कानुनी कारबाहीका लागि प्रहरीले फेदिखोला गाउँपालिका कार्यालयमा बुझाएको जनाएको छ ।
