जबरजस्ती करणी मुद्दाका फरार अभियुक्त १३ वर्षपछि पक्राउ

भुजेललाई बुधबार कैद सजाय भुक्तानका लागि जिल्ला कारागार स्याङ्जा चलान गरिएको जिल्ला प्रहरी प्रमुख दधीराम न्यौपानेले जानकारी दिए ।

मंसिर १७, २०८२

प्रतीक्षा काफ्ले

Absconding accused in rape case arrested after 13 years

काठमाडौँ — स्याङ्जाको पुतलीबजार नगरपालिका–१४ घर भएकी ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेर फरार रहेका अभियुक्तलाई स्याङ्जा प्रहरीले मंगलबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा पुतलीबजार–१४ पिपलडाली बस्ने ५७ वर्षीय मेगबहादुर भुजेल रहेका छन् ।

भुजेललाई बुधबार कैद सजाय भुक्तानका लागि जिल्ला कारागार स्याङ्जा चलान गरिएको जिल्ला प्रहरी प्रमुख दधीराम न्यौपानेले जानकारी दिए । जबरजस्ती करणी मुद्दामा जिल्ला अदालतले १५ वर्ष कैद सजाय तोकेपछि फरार रहेका भुजेललाई जिल्ला प्रहरी कार्यालयबाट सादा पोसाकमा खटिएको प्रहरीको टोलीले १३ वर्षपछि पक्राउ गरेको हो । सोही वडाको ब्रिफेनको वनमा २०६९ भदौ २७ गते साँझ बालिकालाई बलात्कार गरेका थिए ।

पीडितका परिवारले उनीविरुद्ध मुद्दा दर्ता गरेपछि जिल्ला अदालतको २०७३ मंसिर २३ गतेको फैसलाले १५ वर्ष कैद सजाय सुनाएको थियो । अदालतको फैसलापछि लुकिछिपी बस्दै आएका उनी विदेश जाने/आउने समेत गरिरहेको पाइएको प्रहरीले जनाएको छ ।

प्रतीक्षा

Link copied successfully