म्याग्दीमा एक सातादेखि हराइरहेकी जर्मन पर्यटक मृत फेला

मंसिर ९ गते बेपत्ता भएकी जर्मन नागरिक वाइसर एस्ट्रिड एलिजाबेथको शव सोमबार दिउँसो फेला परेको प्रहरीले जनाएको छ ।

मंसिर १५, २०८२

रासस

German tourist missing for a week found dead in Myagdi

म्याग्दी (बेनी) — अन्नपूर्ण गाउँपालिका–५ खोप्राबाट कास्कीको दोबाटो जाने क्रममा बेपत्ता भएकी विदेशी पर्यटकको शव फेला परेको छ ।

यही मंसिर ९ गते बेपत्ता भएकी जर्मन नागरिक वाइसर एस्ट्रिड एलिजाबेथको शव सोमबार दिउँसो फेला परेको हो । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार अन्नपूर्ण गाउँपालिका–५ स्थित बंकरको भिरभन्दा करिब १६० मिटर तल निगालोको झाडीभित्र उनको शव भेटिएको हो । पर्यटक बेपत्ता भएपछि खोजीमा जुटेका पथप्रदर्शक र स्थानीयले सोमबार शव भेटेपछि प्रहरीलाई खबर गरेका थिए । 

प्रहरीका अनुसार शव परीक्षणका लागि काठमाडौं पठाइने र आवश्यक अनुसन्धान पनि सुरु गरिएको छ । ती पर्यटक म्याग्दीको खोप्रोमा एक रात बास बसेर दोबाटोतिर एक्लै जाँदै गर्दा बेपत्ता भएकी थिइन् । प्रहरीले उनी भीरबाट खसेको हुन सक्ने अनुमान गरेको छ । 

रासस

Link copied successfully