करिब ५ महिनाको एउटा भाले चितुवाको उद्धार भएको डिभिजन वन कार्यालय गोरखाका प्रमुख मदनमोहन शाण्डिल्यले बताए।
गोरखा — डिभिजन वन कार्यालय गोरखाले बारपाक सुलकोट–८ ढिकीडाँडा सामुदायिक वनबाट घाइते अवस्थामा भेटिएको चितुवाको उद्धार गरेको छ।
करिब ५ महिनाको एउटा भाले चितुवाको उद्धार भएको डिभिजन वन कार्यालय गोरखाका प्रमुख मदनमोहन शाण्डिल्यले बताए। ‘हिजो (शुक्रवार) वनछेउको खोचमा दुई वटा चितुवा भेटिएको खबर आयो,’ उनले भने, ‘एउटा आन्तरिक चोट लागेर मरेको अवस्थामा र एउटालाई घाइते अवस्थामा उद्धार गर्यौँ।’
घाइते अवस्थामा भेटिएको भाले चितुवाको बच्चालाई उद्धारपश्चात् उपचार भइरहेको पनि उनले बताए। ‘कुनै poison खाएर बिरामी परेको अनुमान गरेका छौँ, अनुसन्धान हुँदै छ,’ उनले भने, ‘उपचारपछि चितुवाको बच्चा तङ्ग्रँदै पनि छ, अब यसलाई प्राकृतिक वासस्थानमा लगेर छाड्ने कि उद्धार केन्द्रमा पठाउने छलफलमै छौँ।’ मृत चितुवाको भने पोस्टमार्टम गरी व्यवस्थापन गरिने कार्यालयले जनाएको छ।
