गोरखाको बाह्रकिलोमा बस दुर्घटना : २१ जना यात्रु घाइते

गोरखाबाट चितवन जाँदै गरेको बस दुर्घटनामा परेको हो

मंसिर १४, २०८२

हरिराम उप्रेती

Bus accident in Barhakilo, Gorkha: 21 passengers injured

गोरखा — गोरखा-आँबुखैरेनी–गोरखा सडक खण्डअन्तर्गत गोरखा नगरपालिका-११ बाह्रकिलोमा बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन् । 

बाह्रकिलो बजारमा रोकिराखेको ना ४ ख १४१९ नम्बरको बस दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी प्रमुख सुरज अर्यालले बताए । गोरखाबाट चितवन जाँदै गरेको बस दुर्घटनामा परेको हो । 

‘बसको ब्रेक नलागेको र ओट् पनि नराखी ड्राइभर झरेका बेला बस गुडेर १० मिटर तल खसेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ,’ उनले भने ।

बसमा कति यात्रु थिए यकिन भइनसकेको पनि उनले बताए । घाइतेहरूलाई गोरखा अस्पताल पठाइएको र घटनाको थप अनुसन्धान भइरहेको उनले बताए । 

हरिराम उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।

Link copied successfully