मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु 

सोमबार दिउँसो करिब ३:४० बजे तिर सातबिसेबाट धमिलिकुवा तर्फ आउँदै गरेको ना ४८ प ३०७७ नम्बरको मोटरसाइकलले ६८ वर्षीया मैती कुमारी तामाङलाई ठक्कर दिएको थियो। घाइते तामाङलाई उपचारका लागि अस्पताल पुर्‍याए पनि चिकित्सकले मृत घोषणा गरे।

मंसिर ८, २०८२

कान्तिपुर संवाददाता

Pedestrian dies after being hit by motorcycle

काठमाडौँ — लमजुङको राईनास नगरपालिका–६ स्याउलीस्थित ढलेबर चोकमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ। 

सोमबार दिउँसो करिब ३:४० बजे तिर सातबिसेबाट धमिलिकुवा तर्फ आउँदै गरेको ना ४८ प ३०७७ नम्बरको मोटरसाइकलले ६८ वर्षीया मैती कुमारी तामाङलाई ठक्कर दिएको प्रहरीले जनाएको छ।

ठक्करबाट गम्भीर घाइते भएकी तामाङलाई तत्काल उपचारका लागि सहोदर सामुदायिक अस्पताल, धमिलिकुवा पुर्‍याइएको थियो। तर उपचारको क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।

घटनास्थलमा खटिएको प्रहरी टोलीले मोटरसाइकल तथा चालकलाई नियन्त्रणमा लिएर मुचुल्कासहित आवश्यक अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी, प्रहरी निरीक्षक अभिषेक पाण्डेले जानकारी दिए।

कान्तिपुर

Link copied successfully