एक्स्काभेटर हटाएपछि दाउन्नेमा यातायात खुल्याे

बिहान साढे ११ बजेदेखि अवरुद्ध सडक एक घण्टापछि सञ्चालनमा आएको हो ।

मंसिर ७, २०८२

नवीन पौडेल

Traffic reopens in Daunne after excavator removed

परासी — पूर्वपश्चिम राजमार्गकाे दाउन्नेमा एक्स्काभेटर बिग्रिएर आइतबार बिहान अवरुद्ध भएको यातायात सञ्चालनमा आएको छ ।

बिहान साढे ११ बजेदेखि अवरुद्ध सडक एक घण्टापछि सञ्चालनमा आएको हो ।

विस्तारको क्रममा रहेको नारायणगढ-बुटवल सडक खण्ड अन्तर्गत पूर्वी नवलपरासीको बिनयी त्रिवेणी गाउँपालिका-२ पैसट्ठी मोडमा आर इइ ३३ नम्बरको एक्स्काभेटर बिग्रिँदा दुईतर्फी यातायात अवरुद्ध भएको थियो । बिग्रिएको सवारी साधन हटाएर यातायात सञ्चालनमा ल्याएको प्रहरीले जनाएको छ ।

सडक अवरुद्ध हुँदा सयौ‌ं सवारी साधन दाउन्नेमा रोकिएका थिए । यातायात सञ्चालनमा आएपछि रोकिएका यात्रु गन्तब्यमा लागिरहेका छन् ।

दाउन्ने खण्डको विश्वकर्मा बाबा मन्दिर र  पैसट्ठी  मोडमा अहिले सडक एकतर्फी सञ्चालन गरेर विस्तारको काम भइरहेको छ ।

सडक विस्तारको क्रममा यस खण्डमा सडक चिप्लो, खाडल तथा भारी सवारी साधन फस्ने समस्याले हरेक दिन यातायात संचालनमा समस्या आउने गरेको छ । 

नवीन पौडेल पौडल कान्तिपुरका नवलपरासी संवाददाता हुन् ।

Link copied successfully