पूर्वी नवलपरासीमा यात्रुवाहक बस पल्टियो, २० जना घाइते

पूर्व–पश्चिम राजमार्गको मध्यबिन्दु नगरपालिका–८ मा नारायणगढबाट बुटवलतर्फ यात्रु बोकेर जाँदै गरेको लु २ ख २८४५ नम्बरको बस सडकबाट करिब १० मिटर तल खसेको हो।

मंसिर ५, २०८२

नवीन पौडेल

Passenger bus overturns in eastern Nawalparasi, 20 injured

नवलपुर — पूर्वी नवलपरासीको खजुरीखोला नजिकै सवारी दुर्घटना हुँदा २० जना घाइते भएका छन् ।

पूर्व–पश्चिम राजमार्गको मध्यबिन्दु नगरपालिका–८ मा नारायणगढबाट बुटवलतर्फ यात्रु बोकेर जाँदै गरेको लु २ ख २८४५ नम्बरको बस सडकबाट तल खस्दा दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका डीएसपी मधु नेपालका अनुसार चालकले नियन्त्रण गुमाउँदा सडकबाट अन्दाजी १० मिटर तल खाडलमा बस खसेको थियो ।

बसमा सवार २५ यात्रुमध्ये घाइते भएका २० जनाको मध्यबिन्दु प्रादेशिक अस्पताल डण्डामा उपचार भइरहेको छ । बस के–कति कारणले खसेको हो भन्ने विषयमा अनुसन्धान भइरहेको छ ।

नवीन पौडेल पौडल कान्तिपुरका नवलपरासी संवाददाता हुन् ।

Link copied successfully