दुर्घटनामा परी धादिङको नीलकण्ठ नगरपालिका–५ निवासी २६ वर्षीय शिवजी वस्तीको मृत्यु भएको हो।
नवलपरासी — पूर्व-पश्चिम महेन्द्रराजमार्गअन्तर्गत अरुणखोला नजिक बिहीबार बिहान एउटा यात्रुवाहक बसले गुडिरहेको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक युवकको मृत्यु भएको छ भने पछाडि बसेकी युवती घाइते भएकी छन्।
जिल्ला प्रहरीका डीएसपी मधु नेपालका अनुसार दुर्घटनामा स्कुटर चालक धादिङको नीलकण्ठ नगरपालिका–५ निवासी २६ वर्षीय शिवजी वस्तीको उपचारको क्रममा आज बिहान मध्यबिन्दु अस्पतालमा मृत्यु भएको हो। मृतकको शव अस्पतालमै छ। स्कुटरसँगै रहेकी उदयपुर, गाईघाट निवासी २१ वर्षकी निरु शाह घाइते भएकी छन्।
ठक्कर दिने बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ। दुर्घटना आज (बिहीबार) बिहान सवा ४ बजे भएको हो।
