क्रेनमा समस्या भएपछि विजयपुर पुलमा गिर्डर राख्ने काम रोकियो

एसियाली विकास बैंकको ऋण सहयोगमा स्तरोन्नति भइरहेको पृथ्वी राजमार्गअन्तर्गत मुग्लिङ–पोखरा सडकको विजयपुर खण्ड मंसिर ११ गतेसम्म बन्द गर्ने तयारी थियो ।

मंसिर ३, २०८२

अनुप पौडेल

Girder installation work on Vijayapur Bridge halted due to crane problem

कास्की — क्रेनमा प्राविधिक समस्या आएपछि पोखराको विजयपुर खोलामा निर्माणाधीन पुलमा गिर्डर (कंक्रिट बिम) राख्ने काम रोकिएको छ ।  बुधबारदेखि ९ दिनसम्म दैनिक ४ घण्टा राजमार्ग बन्द गरेर काम गर्ने तयारी भएकोमा तत्काललाई स्थगित गरिएको हो ।

समस्या समाधान भएर अर्को समय तय भएपछि पुनः जानकारी दिइने मुग्लिङ-पोखरा सडक योजना (पश्चिम खण्ड)का प्रमुख कृष्णबहादुर कुँवरले बताए । 

एसियाली विकास बैंकको ऋण सहयोगमा स्तरोन्नति भइरहेको पृथ्वी राजमार्गअन्तर्गत मुग्लिङ–पोखरा सडकको विजयपुर खण्ड मंसिर ११ गतेसम्म बन्द गर्ने तयारी थियो ।

रातको समयमा गिर्डर जडान गर्न अति संवेदनशील हुने भएकाले दिउँसोको समयमा काम गर्ने योजना बनाइएको थियो । दुई लेनको प्रिकास्ट तथा प्रिस्ट्रेस प्रविधिको पुलमा जडान गर्न १५ वटा गिर्डर तयार भइसकेको प्रमुख कुँवरले बताए । 

अनुप पौडेल

Link copied successfully