मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

बिहीबार भएको दुर्घटनामा मृत्यु हुनेमा व्यास नगरपालिका–१ भादगाउँका १९ वर्षीय जगत बाचे मगर रहेको प्रहरीले जनाएको छ ।

कार्तिक २७, २०८२

सम्झना रसाइली

One dead in motorcycle accident

तनहुँ — पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको । बिहीबार भएको दुर्घटनामा मृत्यु हुनेमा व्यास नगरपालिका–१ भादगाउँका १९ वर्षीय जगत बाचे मगर रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी नायव उपरीक्षक श्रवणकुमार विकका अनुसार दुर्घटनामा मोटरसाइकल चालक व्यास–१३ बेलबासका २० वर्षीय निजिन मल्ल घाइते छन् । उनी अहिले प्रहरी नियन्त्रणमा छन् ।

दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको ग२३प ९५४२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाइते बाचे मगरलाई प्रदेश अस्पताल दमौलीका चिकित्सकले मृत घोषणा गरेका थिए । 

दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सम्झना रसाइली रसाइली तनहुँकी कान्तिपुर संवाददाता हुन् ।

Link copied successfully