मन्त्री र मेयरको घर आगजनीका आरोपितसहित पाँच जना पक्राउ

जिल्लाका सरकारी र गैरसरकारी कार्यालय, व्यक्तिको घर तोडफोड, आगजनी र लुटपाटमा संलग्नको खोजी गर्ने क्रममा पाँच जनालाई जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले पक्राउ गरेको हो ।

कार्तिक २५, २०८२

अनुप पौडेल

Five people arrested, including those accused of arson attack on minister and mayor's houses

What you should know

कास्की — जेन–जी आन्दोलनको दिन भदौ २४ मा गण्डकी प्रदेशका मन्त्री र पोखरा महानगरपालिकाका मेयरको घरमा भएको आगजनीमा संलग्न रहेको आरोपितसहित पाँच जना पक्राउ परेका छन् ।

जिल्लाका सरकारी र गैरसरकारी कार्यालय, व्यक्तिको घर तोडफोड, आगजनी र लुटपाटमा संलग्नको खोजी गर्ने क्रममा पाँच जनालाई जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा पोखरा–१० बुद्धचोक बस्ने ५० वर्षीय चन्द्रबहादुर थापा, उनका भाइ खली भनेर चिनिने हरिबहादुर थापा, पोखरा–९ नयाँबजार बस्ने ३५ वर्षीय अभिमन्यु पाण्डे, पोखरा–२६ बुढीबजार बस्ने ४० वर्षीय रमेश थापा, माछापुच्छ्रे गाउँपालिका–३ बस्ने २५ वर्षीय सन्तोष परियार पक्राउ परेका हुन् ।

गण्डकी प्रदेशका सामाजिक विकास युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापा र पोखराका मेयर धनराज आचार्यको घरमा आगजनी, वडा प्रहरी कार्यालय बगरमा आगजनी र हतियार लुटपाटमा संलग्न रहेको देखिएपछि उनीहरु पक्राउ परेका हुन् । पक्राउ परेकामध्ये चन्द्रबहादुर रास्वपा पोखरा–१० का सभापति थिए भने अभिमन्यु रास्वपा सदस्य हुन् । मेयरको घरमा आगजनी गर्न संलग्न रहेको पाइएपछि रास्वपा गण्डकी प्रदेश समितिको अनुशासन आयोगले चन्द्रबहादुरलाई भदौ ३० मा निलम्बन गरेको थियो । त्यसपछि पनि उनी रास्वपामै सक्रिय छन् ।

पाण्डेले मन्त्री थापाको घरमा आगजनी गर्न भीडलाई उक्साएको आरोप छ । उनी पोखराको पृथ्वीचोकमा रहेको सहिद लखन थापाको सालिक तोडफोडमा पनि संलग्न थिए ।

पक्राउ परेकामाथि आपराधिक उपद्रव गर्न नहुनेसम्बन्धी कसुरमा कास्की जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी हरिबहादुर बस्नेतले बताए ।

अनुप

Link copied successfully