प्रहरीको हतियार लुटेका बालक पक्राउ

प्रहरीले पोखरा महानगरपालिका–४ मा डेरा गरेर बस्ने १६ वर्षीय बालकलाई दुई महिनापछि आइतबार पक्राउ गरेको हो ।

कार्तिक २४, २०८२

अनुप पौडेल

Boy arrested for stealing police weapons

कास्की — भदौ २४ गतेको प्रदर्शनका क्रममा प्रहरी कार्यालयबाट हतियार लुटपाट गर्ने बालकलाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको छ ।

प्रहरीले पोखरा महानगरपालिका–४ मा डेरा गरेर बस्ने १६ वर्षीय बालकलाई दुई महिनापछि आइतबार पक्राउ गरेको हो । नाबालक भएका कारण प्रहरीले उनको पहिचान गोप्य राखेको छ । उनको परिवर्तित नाम २०८२/८३ कास्की–३१ राखिएको छ ।

प्रहरी कार्यालय तोडफोड, लुटपाट र आगजनी गर्नेको खोजी गर्ने क्रममा उनी पक्राउ परेका हुन् ।

उनको साथबाट वडा प्रहरी कार्यालय बगरको आम्दानीमा रहेको चाइनिज पेस्तोल टाइप ५४ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी हरिबहादुर बस्नेतले बताए ।

ती बालकमाथि आपराधि उपद्रव गर्न नहुने कसुरमा सोमबार कास्की जिल्ला अदालतबाट ५ दिन म्याद थप गरेर प्रहरीले अनुसन्धान थालेको छ । 

अनुप

Link copied successfully