लमजुङमा टिपर दुर्घटना, ३ जना घाइते

मिदिमखोला हाइड्रोपावरबाट बेसीसहरतर्फ आउँदै गरेको बा.प्र.०३–००१ क ०४६९ नम्बरको खाली टिपर शनिबार राति करिब ८ बजे सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ।

कार्तिक २३, २०८२

आश गुरुङ

Tipper accident in Lamjung, 3 injured

लमजुङ — बेसीसहर नगरपालिका–९ दुईथोकमा शनिबार राति टिपर दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । मिदिमखोला हाइड्रोपावरबाट बेसीसहरतर्फ आउँदै गरेको बा.प्र.०३–००१ क ०४६९ नम्बरको खाली टिपर शनिबार राति करिब ८ बजे सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ।

दुर्घटनामा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–८ का २८ वर्षीय चालक काजी गिरी दुवै हात, खुट्टा र अनुहारमा चोट लागेर घाइते भएका छन्। उनको अवस्था मध्यम रहेको प्रहरीले बताएको छ।

त्यसैगरी रामेछाप खाँडादेवी गाउँपालिका–२ का २० वर्षीय सुमन बिक ढाडमा भित्री चोट लागेर मध्यम घाइते भएका छन् भने मकवानपुर राक्सिराङ गाउँपालिका–१ का ४२ वर्षीय सुनिल मोक्तान छातीमा भित्री चोट लागेर सामान्य घाइते अवस्थामा रहेको प्रहरीको भनाइ छ।

तीनै जना घाइतेलाई उपचारका लागि बेसीसहरस्थित प्रदेश अस्पताल लमजुङमा पठाइएको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर क्षेत्रीले जानकारी दिए।

आश गुरूङ कान्तिपुरका लमजुङ संवाददाता हुन् ।

Link copied successfully