भदौ २४ गतेको प्रदर्शनका क्रममा पोखरामा ट्राफिक प्रहरीको व्यक्तिगत सवारी साधन चोरी गर्ने दुई जना पक्राउ परेका हुन् ।
कास्की — भदौ २४ गतेको प्रदर्शनका क्रममा पोखरामा ट्राफिक प्रहरीको व्यक्तिगत सवारी साधन चोरी गर्ने दुई जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले पोखरा महानगरपालिका–५ पर्स्याङ बस्ने ३६ वर्षीय विश्वराज परियार र पोखरा–१३ शान्ति टोल बस्ने ३२ वर्षीय देवकुमार लोदियालाई पक्राउ गरेको हो ।
उनीहरुले भदौ २४ गते जिल्ला ट्राफिक प्रहरी कार्यालयअगाडि पार्किङ गरेर राखेको ग ६ प २०६१ नम्बरको होण्डा साइन मोटरसाइकल चोरी गरेका थिए ।
उनीहरु मोटरसाइकल चलाइरहेको अवस्थामा कात्तिक २१ गते दिउँसो करिब ३ बजे पर्स्याङबाट पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी हरिबहादुर बस्नेतले बताए ।
उनीहरुमाथि चोरीसम्बन्धी मुद्दामा आइतबार कास्की जिल्ला अदालतबाट ६ दिन म्याद थप गरेर अनुसन्धान अघि बढेको उनले जानकारी दिए ।
