दुलेगौंडाबाट खैरेनीटारतर्फ आउँदै गरेको मिनिट्रकले बाटो काट्दै गरेकी ३७ वर्षीया महिलालाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।
तनहुँ — पृथ्वीराजमार्ग अन्तर्गत जिल्लाको शुक्लागण्डकी नगरपालिका–५ स्थित बेलचौतारामा आइतबार साँझ सवारी दुर्घटनामा एक महिलाको मृत्युु भएको छ ।
दुलेगौँडाबाट खैरेनीटारतर्फ आउँदै गरेको ग१क १८४५ नम्बरको मिनिट्रकले बाटो काट्दै गरेकी ३७ वर्षीया देवी तिवारी पौडेललाई ठक्कर दिएको प्रहरीले जनाएको छ । ठक्करबाट गम्भीर घाइते भएकी तिवारीलाई तत्काल उपचारका लागि जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा लगिएको थियो ।
उपचारका क्रममा करिब साँझ ७ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ । दुर्घटनापछि मिनिट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ ।
