भच्चेकबाट आँबुखैरेनीतर्फ जाँदै गरेको बा४ख ६०४३ नम्बरको माइक्रो बस ब्रेक फेल भएर अनियन्त्रित भइ भित्तामा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी राजकुमार श्रेष्ठले बताए ।
गोरखा — सिरानचोक गाउँपालिका–४ घुम्ती मोडमा माइक्रो बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् ।
शनिबार साँझ भच्चेकबाट आँबुखैरेनीतर्फ जाँदै गरेको बा४ख ६०४३ नम्बरको माइक्रो बस ब्रेक फेल भएर अनियन्त्रित भइ भित्तामा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी राजकुमार श्रेष्ठले बताए ।
दुर्घटनामा केही घाइतेको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएकाहरूलाई प्रदेश अस्पताल गोरखा ल्याइएको छ । घटनाको अनुसन्धान भइरहेको र माइक्रो बस चालक चितवनको खैरेनी–१० कठ्ठारका गोविन्द भण्डारीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
