जिपको ठक्करबाट लमजुङमा २ वर्षीया बालिकाको मृत्यु

क्होलासोथार गाउँपालिका–१ मा गुडिरहेको जिपको ठक्करबाट गम्भीर घाइते भएकी बालिकाको उपचारको क्रममा बेंसीसहरमा मृत्यु भएको प्रहरीले जनाएको छ।

कार्तिक २१, २०८२

आश गुरुङ

2-year-old girl dies after being hit by jeep in Lamjung

लमजुङ — लमजुङको क्व्होलासोथार गाउँपालिका-१, बाग्लुङपानीमा जिपको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार गुडिरहेको जिपको ठक्करबाट सोही ठाउँकी २ वर्षीया नेरिमा तामाङको मृत्यु भएको हो ।

क्होलासोथार गाउँपालिका–३, घलेगाउँबाट सदरमुकाम बेंसीसहरतर्फ आउँदै गरेको ग१ज ६३०६ नम्बरको जिपले बालिकालाई शुक्रबार बिहान ९ बजेतिर ठक्कर दिएको थियो । गम्भीर घाइते बालिकालाई उपचारको लागि उक्त जिपले नै बेंसीसहरस्थित प्रदेश अस्पताल ल्याएको थियो ।

बालिकाको उपचारको क्रममा बिहान १०ः ३५ बजे बजेतिर चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी प्रहरी निरीक्षक ज्ञानेन्द्र क्षेत्रीले जानकारी दिए ।

जिप र जिपचालक बेंसीसहर नगरपालिका–९, बिम्दाबेंसीका २९ वर्षीय मदन दुलाललाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बालिकाको शव परीक्षणका लागि अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

आश गुरुङ गुरूङ कान्तिपुरका लमजुङ संवाददाता हुन् ।

Link copied successfully