सरकारले चालुतर्फ १२ अर्ब ६३ करोड ६६ लाख ७५ हजार र पुँजीगततर्फ १९ अर्ब ९ करोड ३३ लाख २४ हजार रुपैयाँ विनियोजन गरेको थियो ।
कास्की — गण्डकी प्रदेश सरकारको चालु आर्थिक वर्ष २०८२/८३ को कुल बजेटमध्ये पहिलो त्रैमासिकमा ८.३१ प्रतिशत रकम खर्च भएको छ ।
कुल विनियोजित ३१ अर्ब ९७ करोड ९९ लाख ९९ हजारमध्ये असोजसम्म २ अर्ब ६५ करोड ६१ लाख १५ हजार रुपैयाँ खर्च भएको प्रदेश लेखा नियन्त्रक कार्यालय गण्डकीको तथ्यांक छ । आर्थिक वर्ष२०८१/८२ को पहिलो त्रैमासिकमा कुल बजेटको ९.५५ प्रतिशत खर्च भएको थियो ।
असोज मसान्तसम्म १ अर्ब १२ करोड ७३ लाख २१ हजार .रुपैयाँ चालु र १ अर्ब ५२ करोड ८७ लाख ९४ हजार रुपैयाँ पुँजीगत खर्च भएको कार्यालय प्रमुख सुरेश सुवेदीले जानकारी दिए । सरकारले चालुतर्फ १२ अर्ब ६३ करोड ६६ लाख ७५ हजार र पुँजीगततर्फ १९ अर्ब ९ करोड ३३ लाख २४ हजार रुपैयाँ विनियोजन गरेको थियो ।
चालु आर्थिक वर्षको ३ महिनामा सबैभन्दा धेरै खर्च भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले गरेको छ । विनियोजितमध्ये ३७.४८ प्रतिशत बजेट पाएको यो मन्त्रालयले १ अर्ब ९ करोड ३० लाख ८२ हजार ३ सय १२ रुपैयाँ खर्च गरेको कार्यालयको तथ्यांक छ । यो कुल खर्चको ४१.१७ प्रतिशत हो । भौतिक मन्त्रालयले यो अवधिमा पुँजीगततर्फ १ अर्ब १ करोड ९३ लाख ९० हजार र चालुतर्फ ७ करोड ३६ लाख ९१ हजार ९ सय १९ रुपैयाँ खर्च गरेको छ ।
सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयले १५ करोड २६ लाख, कृषि तथा भूमि व्यवस्था मन्त्रालयले ११ करोड ९२ लाख ५२ हजार, उद्योग तथा पर्यटन मन्त्रालयले २ करोड २९ लाख ७७ हजार, आर्थिक मामिला मन्त्रालयले १ करोड ४९ लाख २७ हजार, ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयले ५५ करोड ३० लाख २३ हजार, स्वास्थ्य मन्त्रालय ३० करोड २७ लाख २६ हजार, वन तथा वातावरण मन्त्रालयले १० करोड ५९ लाख ३५ हजार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ३ करोड ५७ लाख २३ हजार रुपैयाँ खर्च गरेका छन् ।
प्रदेश सभाले २ करोड ८७ लाख ८६ हजार, लोक सेवा आयोगले १ करोड २१ लख ३० हजार, प्रदेश नीति तथा योजना आयोग ४९ लाख २२ हजार र मुख्यन्यायाधिवक्तको कार्यालयले ३६ लाख १५ हजार रुपैयाँ खर्च गरेको प्रदेश लेखा नियन्त्रकको कार्यालयको तथ्यांक छ ।
