हिउँमा पुरिएको अवस्थामा शव फेला पारी उद्धारपश्चात् सामागाउँ ल्याइएको छ ।
गोरखा — चुमनुब्री-१ पाङबोचेस्थित पाङबारी पिक हिमाल आराेहणका लागि पुगेका दुई आराेही मृत भेटिएका छन् ।
कात्तिक १३ बाट सम्पर्कविहीन इटालियन ननगरिक ५१ वर्षका फार्नातो स्तेफानो र २८ वर्षका कापुतो आलेस्सान्द्रो मृत भेटिएका जिल्ला प्रहरी कार्यलय गाेरखाका डीएसपी राजकुमार श्रेष्ठले बताए । कात्तिक १ गते पिक आराेहणका लागि पुगेका उनीहरू मंगलबारदेखि भएकाे हिमपातपछि पिकमा फसेका थिए ।
हिउँमा पुरिएको अवस्थामा शव फेला पारी मंगलबार उद्धार गरेर सामागाउँको हेलिप्याडमा ल्याइएको डीएसपी श्रेष्ठले बताए । चुमनुब्री -१ पाङबोचेस्थित ताजुङ भञ्ज्याङ नाका जाने बाटोमा पर्ने पाङबारी पिक हिमाल आरोहणका लागि ३ इटालियन नागरिकसहित ६ जना गएका थिए । एक इटालियनसहित ४ नेपालीको भने आइतबार उद्धार गरिएको थियो ।
