पाङबारी पिकमा अलपत्र ४ पदयात्रीकाे उद्धार, २ इटलियनकाे खाेजी हुँदै

३ इटलियन नागरिकसहित ६ जना साेमबारबाट भएकाे भारी हिमपातले पिकमै अलपत्र परेका थिए ।

कार्तिक १६, २०८२

हरिराम उप्रेती

4 stranded hikers rescued on Pangbari Peak, search underway for 2 Italians

गोरखा — चुमनुब्री-१ स्थित पाङबारी पिक हिमालमा अलपत्र ४ पदयात्रीकाे उद्धार गरिएकाे छ । ३ इटलियन नागरिकसहित ६ जना साेमबारबाट भएकाे भारी हिमपातले पिकमै अलपत्र परेका थिए ।

आइतबार बिहान ३५ वर्षीय पेम्बा रेन्जी शेर्पा, ३१ वर्षीय दावा छिरी शेर्पा र पासाङ तामाङ तथा इटालियन नागरिक ६५ वर्षीय भेल्टर पेरलिनाेकाे उद्धार गरिएकाे प्रहरीले जनाएकाे छ । हेलिकोप्टरमार्फत तल्लाे बेसक्याम्पमा रहेका ४ जनाकाे उद्धार गरी साम्दाे ल्याएकाे जिल्ला प्रहरी कार्यलय गाेरखाका डीएसपी राजकुमार श्रेष्ठले बताए ।

बेस क्याम्प-१ मा अलपत्र अन्य २ जना इटलियन नागरिकको खोजी भइरहेकाे उनले बताए ।

हरिराम उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।

Link copied successfully