मनास्लु पदयात्रामा रहेका उनी हिमपातपछि सामागाउँबाट फर्कने क्रममा भीरबाट खसेको ढुंगाले लागेर उनी घाइते भएका थिए ।
गोरखा — मनास्लु पदमार्ग अन्तर्गत चुमनुब्री–५ विहीमा भीरबाट खसेको ढुंगाले लागेर घाइते भएका पदयात्रीको शनिबार हेलिकोप्टरबाट उद्धार गरिएको छ ।
काठमाडौंको टोखा–५ का ४४ वर्षीय मिनु इन्द्र लम्सालको शनिबार हेलिकोप्टरबाट उद्धार गरी काठमाडौँ लगिएको हो । गत बिहीबार चुमनुव्री–५ वुरमा पैदल हिँडिरहेका लम्साललाई भीरमाथिबाट खसेको ढुंगाले लागेर घाइते बनेका थिए । उनको टाउकोमा चोट लागेको छ । उनलाई शनिबार हेलिकोप्टरबाट उपचारका लागि ग्राण्डी अस्पताल काठमाडौं लगिएको जिल्ला प्रहरी कार्यालय गोरखकाका डीएसपी राजकुमार श्रेष्ठले बताए ।
मनास्लु पदयात्रामा रहेका उनी हिमपातपछि सामागाउँबाट फर्कने क्रममा भीरबाट खसेको ढुंगाले लागेर घाइते बनेका थिए । मौसम प्रतिकूलताका कारण हेलिकोप्टर उडान हुन नसक्दा उनको उद्धार हुन सकेको थिएन । उनको वुरकै एक होटलमा राखेर विही स्वास्थ्य चौकिका स्वास्थ्यकर्मिले उपचार गरेका थिए ।
