जिल्ला प्रहरीका अनुसार शनिबार राति साढे ६ बजे ध्यू खोला नजिक गाडी फसेका कारण दाउन्ने सडक खण्ड दुईतर्फी नै अवरुद्ध भएको हो ।
नवलपरासी — महेन्द्र राजमार्गअन्तर्गत दाउन्नेमा माटो बोकेको एउटा गाडी फसेका कारण शनिबार सांझबाट पूर्व-पश्चिम राजमार्गमा यातायात रोकिएको छ ।
जिल्ला प्रहरीका अनुसार शनिबार राति साढे ६ बजे ध्यू खोला नजिक गाडी फसेका कारण दाउन्ने सडक खण्ड दुईतर्फी नै अवरुद्ध भएको हो ।
दुम्कीवासबाट बर्दघाटतर्फ जाँदै गरेको बा प्र ०३ ००१ ख २१५८ नम्बरको मालवाहक गाडी फसेका कारण राजमार्ग अवरुद्ध भएको हो । दाउन्ने सडक खण्ड अवरुद्ध भएका कारण प्रहरीले नारायणगढबाट बुटवलतर्फ जाँदै गरेका मालवाहक र लामो गाडी कावासोतीमा रोकिदिएको छ । बर्षाका कारण दाउन्ने सडक चिप्लो भएर त्यहाँ गाडी फसेको प्रहरीले जनाएको छ ।