कारागारबाट भागेर प्रहरी कार्यालयमा चोरी गर्ने युवक पक्राउ

बैदाम प्रहरीको टोलीले पोखरा महानगरपालिका–७ घारीपाटन बस्ने २६ वर्षीय विवश जलारीलाई पक्राउ गरेको हो ।

कार्तिक १४, २०८२

अनुप पौडेल

Youth arrested for escaping from prison and stealing from police station

कास्की — भदौ २४ को आन्दोलनको क्रममा पोखरास्थित वडा प्रहरी कार्यालय बैदामबाट क्यामेरा र मोटरसाइकल चोरी गर्ने युवक पक्राउ परेका छन् । 

बैदाम प्रहरीको टोलीले पोखरा महानगरपालिका–७ घारीपाटन बस्ने २६ वर्षीय विवश जलारीलाई पक्राउ गरेको हो । उनी कारागार कार्यालय कास्कीबाट भागेर चोरी गर्न बैदाम प्रहरी कार्यालय पुगेका थिए । उनले क्यानोन क्यामेरा र एनएस पल्सर मोटरसाइकल चोरी गरेका थिए । उनी ज्यान मार्ने उद्योग मुद्दामा कास्की कारागारमा थुनामा थिए ।

कोही नहुँदा उनले क्यामेरा र मोटरसाइकल चोरी गरेको कार्यालय प्रमुख डीएसपी नमराज भट्टराईले बताए । ‘आधा घण्टा, एक घण्टा कार्यालयमा कोही नभएको अवस्था थियो । त्यहीबेला चोरी भएको हो,’ उनले भने । 

जलारीले चोरी गरेको बाइक नम्बर प्लेट नभएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी हरिबहादुर बस्नेतले बताए । 

उनीमाथि शुक्रबार आपराधिक उपद्रवसम्बन्धी मुद्दामा ६ दिन म्याद थप गरेर अनुसन्धान सुरू भएको छ । 

अनुप

Link copied successfully