नदीजन्य पदार्थको अवैध उत्खनन : ४ वटा ट्र्याक्टर नियन्त्रणमा

आँधीखोलास्थित दुईघरे–दुलेरह–पुतलीखेत पक्कीपुलदेखि माथिको घाटबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

कार्तिक १४, २०८२

प्रतीक्षा काफ्ले

Illegal mining of riverine materials: 4 tractors seized

स्याङ्जा — नदीजन्य पदार्थ अवैध रुपमा उत्खनन गरी ओसारपसार कार्यमा संलग्न चारवटा ट्र्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

स्याङ्जाको पुतलीबजार नगरपालिका–३ आँधीखोलास्थित दुईघरे–दुलेरह–पुतलीखेत पक्कीपुलदेखि माथिको घाटबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

बिहीबार बिहान साढे १० बजेको समयमा नियन्त्रणमा लिइएका ट्र्याक्टररलाई आवश्यक अनुसन्धान गरी कारबाहीका लागि पुतलीबजार नगरपालिकाको कार्यालय पठाइएको जिल्ला प्रहरीका सूचना अधिकारी प्रसन्नराज चौधरीले जानकारी दिए ।

नदीजन्य पदार्थ अवैध उत्खनन तथा ओसारपसार गरिहरेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले एकैसाथ नियन्त्रणमा लिएको जनाएको छ । 

प्रतीक्षा

Link copied successfully