मनास्लु घुम्न हिँडेका पदयात्री घाइते, दुई दिनदेखि उद्धार हुन सकेन

काठमाडौं टोखा नगरपालिका–६ का उनी भीरबाट खसेको ढुंगाले लागेर बिहीबार घाइते भएका थिए ।

कार्तिक १४, २०८२

हरिराम उप्रेती

Hiker injured while hiking in Manaslu, could not be rescued for two days

गोरखा — भीरबाट झरेको ढुङ्गाले लागेर घाइते भएका पदयात्रीको दुई दिनदेखि उद्धार हुन सकेको छैन ।

मनास्लु क्षेत्र घुम्न गएका काठमाडौं टोखा नगरपालिका–६ का मिनुइन्द्र लम्साल भीरबाट खसेको ढुङ्गाले लागेर बिहीबार घाइते बनेका थिए । बिहीबारदेखि नै हेलिकोप्टरबाट उद्धारको प्रयास भए पनि मौसम प्रतिकूलताले समस्या पारेको प्रहरीले जनाएको छ । 

चुमनुव्री–५ बिहीमा पैदल हिँडिरहेका बेला भीरबाट ढुङ्गा खसेको थियो । उनको टाउमामा चोट रहेको जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी राजकुमार श्रेष्ठले बताए । ‘वुर भन्ने ठाउँमा उहाँ होटलमा हुनुहुन्छ, बिही स्वास्थ्य चौकीबाट गएका स्वास्थ्यकर्मीले उपचार गराउनुभएको छ,’ उनले भने, ‘थप उपचारका लागि काठमाडौं लैजान बिहीबारदेखि नै प्रयास गरेका थियौं, लगातार पानी परिरहेको छ, हेलिकोप्टर उडान हुन नसक्दा उद्धारमा समस्या भएको छ ।’ 

लार्के सडकअन्तर्गत चुमनुव्री–३ पाङसिङसम्म सवारी पुगेको छ । वुरबाट पाङसिङ पुग्न झन्डै १० घण्टा पैदल यात्रा गर्नुपर्ने हुन्छ ।

हरिराम उप्रेती उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।

Link copied successfully