कास्कीमा राष्ट्रिय परिचय पत्रको विवरण दर्ता सुरु

आवश्यक कम्प्युटर, प्रिन्टर, क्यामेरासहित विद्युतीय उपकरणको व्यवस्था भएपछि बुधबारदेखि विवरण दर्ता सुरु गरिएको हो । 

कार्तिक १३, २०८२

अनुप पौडेल

Registration of national identity card details begins in Kaski

कास्की — भदौ २३ र २४ को आन्दोलनको क्रममा जिल्ला प्रशासन कार्यालय कास्कीमा आगजनी र तोडफोड भएपछि प्रभावित राष्ट्रिय परिचय पत्र विवरण दर्ताको काम सुरू भएको छ । 

आवश्यक कम्प्युटर, प्रिन्टर, क्यामेरासहित विद्युतीय उपकरणको व्यवस्था भएपछि बुधबारदेखि विवरण दर्ता सुरु गरिएको हो । 

कास्की जिल्लाभित्र स्थायी ठेगाना भएका सेवाग्राहीको मात्र विवरण दर्ता सुरू गरिएको सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालले बताए । कार्यालयबाट प्रवाह हुने कुनै पनि सेवा हाल नरोकिएको उनको भनाइ छ । 

पहिल्यै विवरण दर्ता भएर प्रिन्ट भएका कार्ड बुझ्न आउन पछि सूचित गरिने प्रशासनको सूचनामा उल्लेख छ । आन्दोलनपछि इलाका प्रशासन कार्यालय लेखनाथबाट विवरण दर्ताको काम हुँदै आएको थियो । 

अनुप पौडेल

Link copied successfully