कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी ६५ दिनपछि पक्राउ

मोटरसाइकलको आवाजको विवादमा भएको कुटपिटपछि मृत्यु भएका ढालबहादुर थापाको घटनामा फरार खवासलाई प्रहरीले अदालतमा पेश गरेको छ।

कार्तिक १३, २०८२

प्रतीक्षा काफ्ले

Fugitive defendant in manslaughter case arrested after 65 days

स्याङ्जा — कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी ६५ दिनपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्याङ्जाको चापाकोट नगरपालिका–५ काम्तीका १९ वर्षीय पर्वत खवास रहेका छन् । प्रहरीले उनलाई कात्तिक ११ गते घरमै पुगेर पक्राउ गरेको जनाएको छ ।

खवास संलग्न घटना गत भदौ ७ गतेको हो । वालिङ नगरपालिका–५ जर्कोटमा मोटरसाइकल चर्को आवाजमा चलाएको विषयमा स्थानीय युवाबीच वादविवाद हुँदा सोही वडाको बाहुन डाँडाका ३२ वर्षका ढालबहादुर थापामाथि कुटपिट गरिएको थियो । घाइते थापाको उपचारको क्रममा मृत्यु भएको थियो ।

सोही घटनाको अनुसन्धानका क्रममा फरार रहेका खवासलाई पक्राउ गरी प्रहरीले बुधबार जिल्ला अदालतमा पेस गरेको थियो । जिल्ला अदालतले बिहीबार खवासलाई पुर्पक्षका लागि जिल्ला कारागार चलान गरेको छ ।

उक्त घटनामा संलग्न सात जनामध्ये अन्य सात जनालाई भने गत असोज २ गते नै पुर्पक्षका लागि जिल्ला कारागार चलान गरिएको जिल्ला प्रहरी प्रमुख दधिराम न्यौपानेले जानकारी दिएका छन् ।

प्रतीक्षा काफ्ले

Link copied successfully