हुप्सेकोट प्रहरी चौकी जलाएको आरोपमा ७ जना पक्राउ

पूर्वी नवलपरासीमा गैंडाकोट, देवचुली, कावासोती, मध्यबिन्दु नगरपालिकाकाका मेयर र उपमेयरको घर पनि जलाइएको थियो ।

कार्तिक १३, २०८२

नारायण शर्मा

7 arrested on charges of burning down Hoopsekot police station

नवलपरासी — भदौ २४ गते हुप्सेकोट प्रहरी चौकी जलाएको आरोपमा पक्राउ सात जनामाथि प्रहरीले अनुसन्धान थालेको छ ।

जिल्ला प्रहरीका सूचना अधिकारी मोहन खड्काका अनुसार उनीहरुलाई बिहीबार अदालतबाट चार दिनको म्याद थपिएको छ । 'अनुसन्धान भइरहेको छ,' उनले भने, 'अन्य निजी घर जलाउनेहरुविरुद्ध भने प्रहरी कार्यालयमा निवेदन आएको छैन ।'

पूर्वी नवलपरासीमा गैंडाकोट, देवचुली, कावासोती, मध्यबिन्दु नगरपालिकाकाका मेयर र उपमेयरको घर जलाइएको थियो । प्रदर्शनकारीले हुप्सेकोट गाउँपालिकाकी अध्यक्ष लक्ष्मी पाण्डेको निजी घर जलाएर ध्वस्त पारेका थिए ।

नारायण शर्मा शर्मा कान्तिपुरका नवलपरासी संवाददाता हुन् । उनले राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully