कात्तिक १६ गतेसम्म मनास्लुमा पदयात्रा नगर्न आग्रह

केही दिन अझै हिमपात हुन सक्ने सभावना रहेकाले विपद्‌का घटना हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै कात्तिक १६ गतेसम्म हिमाली क्षेत्रमा पदयात्रा नगर्न जिल्ला प्रशासन कार्यालय गोरखाले आग्रह गरेको हो ।

कार्तिक १२, २०८२

हरिराम उप्रेती

Request not to trek to Manaslu till Kartik 16

गोरखा — कात्तिक १६ गतेसम्म मनास्लु क्षेत्रको पदयात्रा नगर्न जिल्ला प्रशासन कार्यालय गोरखाले आग्रह गरेको छ ।

सोमबारदेखि उच्च हिमाली क्षेत्रमा हिमपात भएको र केही दिन अझै हिमपात हुन सक्ने सभावना रहेकाले विपद्‌का घटना हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै कात्तिक १६ गतेसम्म हिमाली क्षेत्रमा पदयात्रा नगर्न आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी रामुराज कडरीयाले बताए । ‘अहिले पदयात्रामा रहेकाहरुलाई पनि सम्बन्धित ठाउँमै सुरक्षित ठाउँमा रहन भनेका छौँ,’ उनले भने । 

मनास्लु क्षेत्रको भ्रमणमा रहेका पर्यटकहरु फर्कन थालेका छन् । लार्केपासका लागि पुगेका पर्यटक धर्मशाला क्षेत्रबाट फर्किएको मनास्लु संरक्षण क्षेत्र(एमक्याप)का प्रमुख सन्तोष शेरचनले बताए । ‘हिउँ बढी जमेकाले लार्केपासमा पनि कठिनाइ भएपछि पर्यटक फर्कन थालेका छन्,’ उनले भने । हिउँ परेपछि स्यालाबाट पर्यटक माथिल्लो क्षेत्र नगएको उनले बताए ।

लार्केपासका लागि पुगेका ४६० जना पर्यटक सामागाउँबाट फर्किएको प्रहरीले जनाएको छ । ‘धेरैजसो पर्यटक फर्किएपनि सक्नुभएको छ,’ शेरचनले भने ।

हरिराम उप्रेती उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।

Link copied successfully