मनाङमा लेक लागेर बिरामी भएकाको उद्धार

तिलिचो ताल पुगेर फर्कने क्रममा लेक लागेर बिरामी भएकाको उद्धार गरिएको हो ।

कार्तिक ११, २०८२

आश गुरुङ

Rescue of people who fell ill after falling ill in Manang

लमजुङ — मनाङमा तिलिचो ताल (४९१९ मिटर) पुगेर फर्कने क्रममा लेक लागेर बिरामी भएका एक जनाको उद्धार गरिएको छ ।

काठमाडौं महानगरपालिका–३१, का ४५ वर्षीय वीरेन्द्र रसाइलीलाई उद्धार गरी उपचारका लागि पठाइएको प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालले बताए ।

उनका अनुसार तिलिचो ताल घुमेर सोमबार मनाङको माथिल्लो क्षेत्र टंकी मनाङ बस्न आएका उनी लेक लागेर बिरामी भएको खबर मंगलबार बिहान ११ बजेतिर प्राप्त भएको थियो ।

उनलाई सशस्त्र प्रहरीको हुम्डेस्थित नेपाल पर्वतीय उद्धार तालिम शिक्षालयबाट खटिएको उद्धार टोलीले स्टेचरमा राखेर हुम्डे स्वास्थ्य चौकी ल्याएका थिए । उनलाई दिनभर हुम्डे स्वास्थ्य चौकीमा उपचार गरिएको र बाटो खुलाएर थप उपचारका लागि अक्सिजनसहित सवारी साधनमार्फत चामेतर्फ लगिएको प्रमुख जिल्ला अधिकारी पौड्यालले जानकारी दिए ।

आश गुरूङ कान्तिपुरका लमजुङ संवाददाता हुन् ।

Link copied successfully