प्रहरी कर्मचारीमाथि अभद्र व्यवहार गर्ने दुई जना पक्राउ

पक्राउ पर्नेमा पुतलीबजार नगरपालिका–३ का सौगिल गुरुङ र ३२ वर्षीय सौजन गुरुङ रहेका छन् ।

कार्तिक ९, २०८२

प्रतीक्षा काफ्ले

Two arrested for misbehaving with police officers

काठमाडौँ — जिल्ला प्रहरी कार्यालय स्याङ्जामा कार्यरत प्रहरी कर्मचारीमाथि अभद्र व्यवहार गर्ने दुई जना पक्राउ परेका छन् । डियुटीमा खटिएका प्रहरीमाथि हातपात गर्दै अपशब्द बोल्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पुतलीबजार नगरपालिका–३ का सौगिल गुरुङ र ३२ वर्षीय सौजन गुरुङ रहेका छन् ।

पुतलीबजार–३ बाडखोलास्थित देउसी-भैलो कार्यक्रम संचालन भइरहेको थियो । देउसी–भैलो खेल्ने विषयमा वादविवाद हुँदा सुरक्षामा खटिएका प्रहरी कर्मचारीमाथि अभद्र व्यवहार गरेको निमित्त सूचना अधिकारी प्रवेश तिवारीले जानकारी दिए । उनीहरुलाई जिल्ला प्रशासन कार्यालयमा अभद्र व्यवहार कसुर मुद्दा दर्ता गरी १० दिनको म्याद थप गरिएको इन्स्पेक्टर तिवारीले जनाए ।

प्रहरीले सौगिललाई शुक्रबार र सौजनलाई शनिबार नियन्त्रणमा लिएको थियो ।

प्रतीक्षा

Link copied successfully