बिरामी गैंडा मृत फेला

निकुञ्जका सूचना अधिकारी अविनाश थापाका अनुसार चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत पूर्वी नवलपरासीमा पर्ने शिशवार क्षेत्रमा रहेको आँपको बगैंचामा अन्दाजी ३२ वर्षको पोथी गैंडा मृत अवस्थामा फेला परेको हो ।

कार्तिक ८, २०८२

नारायण शर्मा

Sick rhino found dead

नवलपरासी — विगत ६ वर्षदेखि बिरामी रहेको एउटा गैंडा देवचुली नगरपालिकाको शिशवार क्षेत्रमा शनिबार मृत फेला परेको छ ।

निकुञ्जका सूचना अधिकारी अविनाश थापाका अनुसार चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत पूर्वी नवलपरासीमा पर्ने  शिशवार क्षेत्रमा रहेको आँपको बगैंचामा अन्दाजी ३२ वर्षको पोथी गैंडा मृत अवस्थामा फेला परेको हो ।

सूचना अधिकारी थापाका अनुसार विगत लामो समयदेखि आँपको बगैंचालाई वासस्थान बनाउँदै आएको उक्त गैंडा विगत केही समयदेखि बिरामी थियो । बिरामी र बूढो रहेको उक्त गैंडालाई यसअघि पनि पटक–पटक राष्ट्रिय प्रकृति संरक्षण कोषका चिकित्सकको टोलीले आँपको बगैंचामै आएर उपचार गरेको थियो । मृत फेला परेको गैंडाको खाग र खुर सुरक्षित छ ।

यससँगै चितवन राष्ट्रिय निकुञ्जमा गत साउनयता मात्रै ५ वटा गैंडाको मृत्यु भएको छ । गत आर्थिक वर्षमा निकुञ्जमा २८ वटा गैंडाको मृत्यु भएको थियो । पछिल्लो गणना अनुसार निकुञ्जमा ६ सय ९४ गैंडा रहेको तथ्यांक छ ।

नारायण शर्मा कान्तिपुरका नवलपरासी संवाददाता हुन् । उनले राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully