भीमफेदी कारागारबाट भागेका कैदीको गैंडाकोटमा हत्या

बलात्कार कसुरमा उनलाई अदालतले १० वर्ष कैद र ३५ हजार जरिवाना हुने फैसला गरेको थियो । उनी २४ भदौमा कारागारबाट भागेका थिए ।

कार्तिक ८, २०८२

नारायण शर्मा

Prisoner who escaped from Bhimphedi Prison murdered in Gaindakot

नवलपरासी — जेन-जी आन्दोलनपछि उत्पन्न परिस्थितिका बीच मकवानपुरको भीमफेदी कारागारबाट भागेका एक कैदीको पूर्वी नवलपरासीको गैंडाकोटमा हत्या भएको छ ।

नवलपरासीका एसपी युवराज खड्काले दिएको जानकारीअनुसार ७–८ जनाको समूहले २८ वर्षीय नारायण कुमालको शुक्रबार हत्या गरेको हो । मृतक चितवनको कालिका नगरपालिका–४ पदमपुर निवासी हुन् । हत्यामा संलग्न आरोपमा ५ जनालाई पक्राउ गरेर अनुसन्धान भइरहेको एसपी खड्काले जानकारी दिए ।

भदौ २४ गते भीमफेदी कारागारबाट अन्य कैदीसँगै कुमाल पनि भागेका थिए । बलात्कार कसुरमा उनलाई अदालतले १० वर्ष कैद र ३५ हजार जरिवाना हुने फैसला गरेको थियो । २०७४ साउन ३ मा उनलाई प्रहरीले पक्राउ गरेको थियो ।

नारायण शर्मा शर्मा कान्तिपुरका नवलपरासी संवाददाता हुन् । उनले राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully