मोटरसाइकल दुर्घटनामा वरिष्ठ कृषि अधिकृतको मृत्यु

आमडाँडास्थित लम्साल सवार लु ५१ प ३७९७ नम्बरको बुलेट मोटरसाइकल अनियन्त्रित हुँदा सडकभन्दा १०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कमल नेपालीले जानकारी दिए । लम्सालका साथीहरुका अनुसार घटना बिहान ११ बजेतिरको हो ।

कार्तिक ७, २०८२

प्रतीक्षा काफ्ले

Senior agriculture officer dies in motorcycle accident

स्याङ्जा — स्याङ्जामा मोटरसाइकल दुर्घटनामा हुँदा वरिष्ठ कृषि अधिकृत माधवप्रसाद लम्सालको मृत्यु भएको छ ।

राष्ट्रिय कृषि परियोजना इकाई कार्यालय पोखराको प्रमुख रहेका ४५ वर्षीय लम्साल पुतलीबजार नगरपालिका–१४ लामागे निवासी हुन् । शुक्रबार बिहान साथीहरुसँग सोही ठाउँमा रहेको चण्डी सत्तौ मन्दिर गएका थिए । मन्दिरबाट फर्किने क्रममा उनी एक्लै थिए । 

आमडाँडास्थित लम्साल सवार लु ५१ प ३७९७ नम्बरको बुलेट मोटरसाइकल अनियन्त्रित हुँदा सडकभन्दा १०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कमल नेपालीले जानकारी दिए । लम्सालका साथीहरुका अनुसार घटना बिहान ११ बजेतिरको हो । ३/४ घण्टा सम्पर्कमा नआएपछि आफन्तले प्रहरीमा सूचना गरेका थिए । प्रहरीले खोजतलासको क्रममा अपराह्न ४ बजे घटनास्थलमा मृत भेटाएको जनाएको छ । 

प्रहरीका अनुसार उनलाई टाउकोमा बढी चोट लागेको छ । लम्सालको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल स्याङ्जामा लगिएको इन्स्पेक्टर नेपालीले बताए ।  

प्रतीक्षा

Link copied successfully