गोरखा बजारबाट २० केजी पटका बरामद

पटकाजन्य सामग्री ओसारपसार, खरिद बिक्री गरेको भेटिए प्रचलित कानुनबमोजिम कारबाही हुने पनि प्रहरीको चेतावनी छ ।

कार्तिक १, २०८२

हरिराम उप्रेती

20 kg of firecrackers seized from Gorkha Bazaar

गोरखा — हरिराम उप्रेप्रहरीले गोरखा बजार क्षेत्रबाट २० केजी परिणामको पटकाजन्य पदार्थ बरामद गरेको छ । ती

तिहार र छठ पर्वलाई लक्षित गरेर जिल्लाको शान्ति सुरक्षा कायम गर्न खटिएको प्रहरी टोलीले बजार क्षेत्रका विभिन्न स्थानमा जाँच तथा खनतलासीको क्रममा २० केजी पटका बरामद भएको जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी राजकुमार श्रेष्ठले बताए । 

प्रहरीले पटकाजन्य पदार्थ बिक्री वितरण नगर्न पनि सर्वसाधारणलाई अनुरोध गरेको छ । पटकाजन्य सामग्री ओसारपसार, खरिद बिक्री गरेको भेटिए प्रचलित कानुनबमोजिम कारबाही हुने पनि प्रहरीको चेतावनी छ ।

हरिराम उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।

Link copied successfully