अरिङ्गालको टोकाइबाट ८२ वर्षीय वृद्धको मृत्यु

अरिङ्गालको टोकाइबाट बेंसीशहर नगरपालिका–११ तिवारीडाँडाका ८२ वर्षीय यज्ञनिधि तिवारीको मृत्यु भएको हो।

आश्विन २७, २०८२

आश गुरुङ

An 82-year-old man died after being bitten by a stingray

लमजुङ — लमजुङको बेंसीशहर नगरपालिका–११ तिवारीडाँडाका ८२ वर्षीय यज्ञनिधि तिवारीको अरिङ्गालका टोकाइबाट मृत्यु भएको छ ।

आइतबार साँझ साढे ५ बजेतिर बाटोमा हिँडिरहेका तिवारीलाई एक्कासी अनगिन्ती अरिङ्गालले टोकेका थिए। शरीरका विभिन्न भागमा चिलेपछि उनी गम्भीर घाइते भएका थिए । स्थानीयले तत्काल उद्धार गरी उपचारका लागि उनलाई प्रदेश अस्पताल, बेंसीशहर पुर्‍याएका थिए ।

अस्पतालमा प्रारम्भिक उपचारपछि तिवारीलाई थप उपचारका लागि भरतपुरस्थित पुरानो मेडिकल कलेज, चितवन रिफर गरिएको थियो । उपचारकै क्रममा सोमबार बिहान साढे ४ बजेतिर उनको निधन भएको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी प्रहरी निरीक्षक राजकिशोर साह तेलीले जानकारी दिए ।

उनका अनुसार घर नजिकै बाटोमा हिँड्दै गर्दा अनगिन्ती अरिङ्गालले एकै पटक चिलेपछि तिवारी बेहोसजस्तै भएका थिए । उपचारका क्रममा तिवारीको मृत्यु भएको उनले बताए ।

आश गुरुङ गुरूङ कान्तिपुरका लमजुङ संवाददाता हुन् ।

Link copied successfully