मुख्यमन्त्री निवासमा आगजनी गर्ने युवक पक्राउ

रुपन्देहीको तिलोत्तमा नगरपालिका–४ घर भई पोखराको राष्ट्रबैंक चोक बस्ने २२ वर्षीय संजोक थापा पक्राउ परेका हुन् ।

आश्विन २१, २०८२

अनुप पौडेल

The youth who set fire to the Chief Minister's residence was arrested

कास्की — पोखराको सहिदचोकस्थित गण्डकी प्रदेशका मुख्यमन्त्रीको सरकारी निवासमा आगजनी गर्ने युवक पक्राउ परेका छन् ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका–४ घर भई पोखराको राष्ट्रबैंक चोक बस्ने २२ वर्षीय संजोक थापा पक्राउ परेका हुन् । भदौ २४ मा प्रदर्शनकारीको समूहले निवासमा आगजनी गरेको थियो । असोज १२ गते राति उनी एक्लै मुख्यमन्त्री निवास पुगेका थिए ।

भदौ २४ मा आगजनीबाट बचेका सामान राखिएको कोठामा उनले आगजनी गरे । यसपछि जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामको टोलीले दुई दिनअघि उनलाई पक्राउ गरेको हो ।

घटनाको दिन थापाले मापसे गरेका थिए । उनी मुख्यमन्त्री निवासपछाडि रहेको सहिद पार्कको रुख चढेपछि पर्खाल नाघेरभित्र पसेका थिए । उनले त्यहाँ आगजनी गरे । त्यसपछि उनले राष्ट्र बैंकचोकमा रहेको नेपाल इन्भेष्टमेन्ट मेघा बैंकको एटीएममा तोडफोड गरेको पाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी हरिबहादुर बस्नेतले बताए । 

थापाले एटीएम मेसिनको स्क्रिनमा समेत ढुंगा प्रहार गरेका थिए । 

अनुप

Link copied successfully