आइतबार बिहान गैँडाकोट नगरपालिका-१० सम्झना चोकमा रहेको घर जल्दा श्यामकुमारी श्रेष्ठको जलेर मृत्यु भएको हो।
नवलपरासी — गैँडाकोट नगरपालिकाको एक घरमा आगलागी हुँदा ७९ वर्षीया एक वृद्धाको जलेर मृत्यु भएको छ ।
नवलपरासीका प्रहरी प्रमुख युवराज खड्काका अनुसार आइतबार बिहान गैँडाकोट नगरपालिका-१० सम्झना चोकमा रहेको श्यामकुमारी श्रेष्ठको जलेर मृत्यु भएको हो।
श्रेष्ठ बस्दै आएको कोठामा मात्र आगजनी भएको छ। घरमा एक्लै बस्दै आएकी श्यामकुमारी बस्ने कोठामा जलेर मृत्यु भएको हो। घटनास्थलमा पुगेका एसपी खड्काले घटना रहस्यमय जस्तो देखिएका कारण पत्ता लगाउन कुकुर मगाइएको जानकारी दिए ।
'एक्लै बस्दै आएको व्यक्तिलाई कसले किन जलायो भन्ने पत्ता लगाउने प्रयासमा छौँ,' खड्काले भने, 'वृद्धा जलेको कारण पत्ता लगाउन प्रहरी घरभित्र पसेको छैन ।' श्यामकुमारीका दुई छोरामध्ये जेठा छोरा नजिकै अर्को घरमा बस्ने गरेको र कान्छा छोरा परिवार सहित अमेरिकामा बस्ने गरेका छन् ।
आइतबार बिहान आगलागी भएको र प्रहरी र सशस्त्रको टोलीले बिहान साढे ७ बजे आगो नियन्त्रणमा लिएको थियो । आगलागीको कारण खुलेको छैन ।
