मन्त्रालयको हलमा बोलाइयो गण्डकीको संसद् बैठक

असोज २२ गते दिउँसो १ बजे पोखराको मालेपाटनस्थित कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको हलमा बैठक बस्ने प्रदेश सभा सचिव गोविन्द पौडेलले जानकारी दिए ।

आश्विन १९, २०८२

अनुप पौडेल

Gandaki's parliament meeting was called in the ministry hall

कास्की — जेन–जी आन्दोलनको क्रममा गण्डकी प्रदेश सभाको सचिवालय, सभाहलसहित संरचना ध्वस्त भएपछि संसद् बैठक मन्त्रालयको हलमा बोलाइएको छ । 

असोज २२ गते दिउँसो १ बजे पोखराको मालेपाटनस्थित कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको हलमा बैठक बस्ने प्रदेश सभा सचिव गोविन्द पौडेलले जानकारी दिए । 

प्रदेश सभा बैठक भदौ २५ गते दिउँसो १ बजे बोलाइएको थियो । भदौ २४ मा आन्दोलन चर्किएपछि भोलिपल्टको बैठक स्थगित गरियो । 

सभामुख, उपसभामुख, प्रदेश सभा सचिवको टोलीले बैठक चलाउन मिल्ने वैकल्पिक ठाउँ खोजी गरेको थियो । सुरक्षा र प्राविधिक दृष्टिकोणले कृषि मन्त्रालयकै हल उपयुक्त भएको निष्कर्षपछि सभामुख कृष्णप्रसाद धितालले बैठक आह्वान गरेका हुन् । 

सचिवालयमा दर्ता भएको गाँजालाई वैधानिकता दिनेसम्बन्धी विधेयकलाई सम्बन्धित समितिमा छलफलका लागि पठाएर बर्खे अधिवेशन अन्त्य गर्ने तयारी छ । 

अनुप पौडेल

Link copied successfully