पक्राउ पर्नेमा स्याङ्जाको चापाकोट नगरपालिका–४ का ३४ वर्षीय विनोद दर्जी र भीरकोट नगरपालिका–३ का यमबहादुर रोका रहेका छन् । स्याङ्जा प्रहरीले उनीहरुलाई पक्राउ गरी जिल्ला कारागार स्याङ्जा पठाएको छ ।
काठमाडौँ — केन्द्रीय र जिल्ला कारागार कास्कीबाट फरार दुई कैदीबन्दी स्याङ्जामा पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्याङ्जाको चापाकोट नगरपालिका–४ का ३४ वर्षीय विनोद दर्जी र भीरकोट नगरपालिका–३ का यमबहादुर रोका रहेका छन् । स्याङ्जा प्रहरीले उनीहरुलाई पक्राउ गरी जिल्ला कारागार स्याङ्जा पठाएको छ ।
दर्जी केन्द्रीय कारागार जगन्नाथदेवल काठमाडौंमा जबरजस्ती करण मुद्दामा सजाय भुक्तान गर्दै आएका थिए । जेन्जी आन्दोलनको क्रममा भदौ २४ गते राति भागेका हुन् । सादा पोसाकमा खटिएको प्रहरीको टोलीले उनलाई बिरुवा गाउँपालिका–६ धरादीबाट पक्राउ गरिएको जिल्ला प्रहरीका प्रवक्ता प्रशन्नराज चौधरीले जानकारी दिए ।
कर्तव्य ज्यान मुद्दामा कैद सजाय भुक्तान गर्दै आएका रोकालाई घरबाट नै पक्राउ गरिएको डीएसपी चौधरीले जानकारी दिए । सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
गत भदौ २३ र २४ गते भएको आन्दोलनमा केन्द्रीय कारागारलगायत देशभरका कारागारमा तोडफोड र आगजनी हुँदा कयौँ संख्यामा कैदीबन्धीहरु भागेका थिए ।
